काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाईधनीलाई २.२० प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।
क्यापिटलको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई करसहित २.२० प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
प्रतिफल वितरणका लागि क्यापिटलले भदौ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। बुकक्लोजको अघिल्लो दिन अर्थात् भदौ २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा इकाई कारोबार भई कायम रहेका इकाईधनीहरु मात्र उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।
यसअनुसार भदौ २३ गतेसम्म कायम इकाईधनीले मुक्तिनाथ म्युचुअल फण्ड–१ बाट घोषणा गरिएको २।२० प्रतिशत नगद प्रतिफल पाउनेछन्।






प्रतिक्रिया दिनुहोस्