Skip to content

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) बजारबाट थप २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपत्कालीन रूपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
गत भदौ १० गते ९० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ८६ दिनका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बैंकले छोटो अवधिमा लगातार रूपमा बजारबाट पैसा उठाउन लागेको हो ।
बैंकले विभिन्न विशेषता एवं सर्तहरू कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मंसिर ९ गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बाेलकबोल गर्न सक्नेछन्।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T