काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० ले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
नेप्सेले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुगेको अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको नेप्सेले जनाएको छ।
नेप्सेको सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत तथा उद्धार कार्यमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया दिनुहोस्