Skip to content

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ अर्ब विपद् व्यवस्थापन कोषमा पठाइयो, गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले १ अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्छन् । प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो।

अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ।

यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन्। त्यसैका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T