काठमाडौं । प्रतिनिधि सभा बैठक चलिरहेका बेला एकाएक ढलेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनी ब्लड प्रेसर लो भएका कारण आफ्नै कुर्सीबाट ढलेका थिए ।
उनलाई तत्काल संसद् सचिवालयका स्वास्थ्य इकाइले प्राथमिक उपचार गरेको थियो । त्यसपछि थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।






प्रतिक्रिया दिनुहोस्