Skip to content

कृष्णभीरमा पहिरो पन्छाउन थालियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य सुरु भएको छ ।

अहिले पहिरोको दुवै छेउमा १८ जना प्राविधिक परिचालन गरेर रुख कटानको काम भइरहेको जनाएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका छन् ।

रुख कटानको काम सम्पन्न भएपछि आवश्यक उपकरणहरू परिचालन गरेर पहिरो पन्छाउने जनाइएको छ । सरकारले‍ यो सडक सञ्चालनलाई प्राथमिकतामा राखेर तीव्र गतिमा अघि बढाइएको दाबी गरे‍को छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T