Skip to content

नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा झरिरहने समस्या, सवारी आवागमनमा रोक

काठमाडाैं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा झरिरहने समस्या देखिएपछि नयाँ पुलबाट सवारी आवागमनमा रोक लगाइएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले सुरक्षाको दृष्टिकोणले अर्को सूचना जारी नभएसम्म नयाँ पुलबाट सवारी आवागमन बन्द गरिएको जनाएको छ।

कार्यालयले नयाँ पुलबाट आवागमन नगरी पुरानो पुलबाट मात्रै सुरक्षित रूपमा यात्रा गर्न सम्पूर्ण यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ।

माथिबाट ढुंगा झरिरहने भएकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै नयाँ पुलबाट आवागमनमा रोक लगाइएको सडक डिभिजन भरतपुरले जनाएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T