Skip to content

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको आवाज सुनियो

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा मानिसको आवाज सुनिएको छ ।

आयोजनामा पुगेको उद्धार टोलीले सुरुङभित्र धेरै मानिसको आवाज सुनिएको पुष्टि गरेको छ । उद्धारका क्रममा टोलीले भित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने धेरै व्यक्तिको आजाव सुनिएको जनाइएको छ ।

उक्त स्थानमा नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोलीले सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T