काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार बैंकको कुल प्रस्तावित लाभांश १५.८० प्रतिशत पुगेको छ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरले बैंकको चुक्ता पुँजी थप वृद्धि गर्नेछ भने १०.८० प्रतिशत नगद लाभांशले सेयरधनीलाई प्रत्यक्ष नगद प्रतिफल उपलब्ध गराउनेछ।






प्रतिक्रिया दिनुहोस्