रोल्पा । गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्ग मा यातायात सेवा अवरुद्ध भएको छ ।
रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्