Skip to content

सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ घट्यो, चाँदी कति ? 

काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।  बुधबारको नेपाली बजारमा सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको ४० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो  ।
यसैगरी, बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T