काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपदापछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरू छलफल गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको स्थानीय विकास साझेदारहरूको बैठक जारी छ ।
बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति छ ।
बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा हुनेछ ।







प्रतिक्रिया दिनुहोस्