काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार कहाँ छ ? भनेर प्रश्न गर्नेलाई आज जवाफ फर्काएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले भदौ १० गते भोटेकोशीमा आएको बाढी अहिले सरकार सुरुङ भित्र आफ्ना नागरिक खोजिरहेको जवाफ दिएका हुन् ।
“ म यहीबाट भन्न चाहन्छु, राज्य यतिबेला कहालिलाग्दो भग्नाबसेश, सुरुङ भित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वश्व गुमाएर खुला आकाशमुनी रहेका दाजुभाइ, दिदी बहिनिको छहारी बन्न रातदिन खटेको छ । राज्यले भेलले बगाएको सडक मात्रै होइन विपदले टुटाएको नागरिकको भरोसालाई जोडने प्रयास गरिरहेको छ । भविश्यमा यस्तो विपद नआओस भनेर बलियो खाका तयारी गरिरहेको छ । नागरिकका लागि बलियो ढाल बनेर उभिएको छ ।”






प्रतिक्रिया दिनुहोस्