Skip to content

सेयर बजार १५.४३ अंकले घट्यो, कारोबार रकममा भने सुधार

काठमाडौं । बुधबार सेयर बजार घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १५.४३ अंक घटेर २५४५.४० विन्दुमा झरेको हो ।

बुधबार सेयर बजार घटेको भएता पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ३ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। यसैगरी, आज वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज कारोबारमा आएको इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्य १५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४२ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T