काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश पारित गर्ने प्रस्तावसहित २०औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले साधारणसभा प्रयोजनका लागि असोज ५ गते एक दिन सेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने भएको छ।
बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको ४७४औँ बैठकले असोज १६ गते साधारणसभा गर्ने निर्णय गरेको हो। साधारणसभा बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बस्नेछ।
बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।






प्रतिक्रिया दिनुहोस्