Skip to content

सरकारको केन्द्र सिंहदरबार हैन ज्वागल बन्यो, गुन्डा शैलीमा शासन चलाउन खोजियो: सांसद सिंह

काठमाडौं । सांसद अमरेश कुमार सिंहले अहिले सरकार संविधान अनुसार नचलेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारको केन्द्र सिंहदरबार हुनुपर्नेमा ज्वागल भएको बताए ।

उनले सम्पत्ति शुद्दिकरण विभागको महानिर्देशकलाई राति १ बजे‍ बोलाएर रेड कर्नर नोटिस जारी गरिएको, मन्त्री गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन स्मरण गरे ।

जतिबेला पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्ने भएपनि मन्त्रीलाई पक्राउ गर्न प्रधानमन्त्री वा सचिवालयले पठाएको दाबी गरे । गुन्डा शैलीमा शासन गर्न खोजेको दाबी गरे । उनले यो शैली संविधान अनुसार नभएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T