काठमाडौं । सांसद ध्रुवराज राईले मुलुकमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले ग्यास लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै सर्वसाधारणको दैनिकी नै प्रभावित भएको बताए ।
उनी भन्छन्, “ म काकाको घरमा बस्छु। काकाले संसद्मा नजा, ग्यासको लाइनमा जा भने म के गरूँ? ”






प्रतिक्रिया दिनुहोस्