काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा झरेको छ ।
आज सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशत घटेको छ।
आज लिबर्टी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी, आज दोल्ती पावर कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको सेयरमूल्य यस दिन सर्वाधिक १४.९८ प्रतिशत घटेको छ।
आज कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्