काठमाडौं । सांसद अमरेशकुमार सिंहले गौरीकुमारी यादवले राजीनामा दिएको नभई सरकारले उनलाई बर्खास्त गरेको दाबी गरेका छन् ।
सांसद सिंहले यादवलाई हटाउन सरकारले प्रहरी परिचालन गरेको आरोपसमेत लगाएका छन् । उनका अनुसार यादवले स्वेच्छाले राजीनामा दिएको भन्ने कुरा सही नभएको र वास्तविकतामा उनलाई बर्खास्त गरिएको हो ।
‘गौरीकुमारी यादवले राजीनामा दिएको होइन, सही रूपमा भन्दा बर्खास्त गरिएको हो,’ सांसद सिंहले भने ।
सिंहले यादव राजीनामा दिएर रुँदै हिँडेको भिडियो आफूले भर्खरै देखेको समेत बताए ।






प्रतिक्रिया दिनुहोस्