Skip to content

नवनियुक्त उद्योगमन्त्री शाहले लिए शपथ, ग्यास व्यवस्थापन प्रमुख चूनौती

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले शपथ लिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्री भएका साहले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका हुन् ।

उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएका कारण गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि उनको ठाउँमा सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई मन्त्री बनाइएको हो । यादवले जनतालाई ग्यासको व्यवस्थापन गर्न नसेकेको आरोप छ । ग्यास व्यवस्थापन गर्न नसकेकी यादवले बुधबार बसेको संसदीय समितिको बैठकमा उद्योगीहरुलाई पाता कस्नु पर्ने, लाईसेन्स खारेज गर्नुपर्ने जस्ता बिवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

अब यो जिम्मेवारी साहको काँधमा आइलागेको छ । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीसँगै कृष्ण भिरमा बाटोमा आएको पहिरोका कारण ग्यास अभाव भएको छ ।

अहिले उपभोक्ता दिन रात नभनी ग्यासको लाइनमा बस्ने गरेका छन् । लाइनमा बसेर पनि ग्यास पाउन सकेका छैनन् । ग्यासको कालाबजारी समेत हुन थालेको छ । अहिले ग्यास पाउनेले प्रति सिलिन्डर २६,२७ सय समेत तिर्ने गरेको गुनासो गर्न थालेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T