Skip to content

अर्थमन्त्री डा. वाग्लेको दाबीः राष्ट्र बैंकमाथि सरकारको हस्तक्षेप छैन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामाथि सरकारले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।

शुक्रबार अर्थसमितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकले मौद्रिक नीति, परिपत्र तथा अन्य निर्णय गर्ने क्रममा सरकारले अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

राष्ट्र बैंकलाई अर्थसचिवमार्फत सरकारले दबाबमा राख्ने भन्ने भ्रम नराख्न आग्रह गर्दै उनले गभर्नर पद आफैंमा शक्तिशाली रहेको बताए ।

अर्थसचिवको भूमिका वित्तीय र मौद्रिक नीतिबीच समन्वय गराउने ‘सेतु’ का रूपमा मात्र रहने उनको भनाइ छ ।

सरकारको बजेटको मर्मअनुकूल मौद्रिक नीति आउनुपर्ने विषय भने स्थापित अभ्यास भएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले त्यससम्बन्धी व्यवस्था बजेटमै समेटिने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T