काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २५५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, आज चाँदी पनि घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी तोलाको ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्