Skip to content

माछापुच्छ्रे बैंककाे लाभांश घोषणा, अग्राधिकार सेयरधनीलाई कति ? 

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२–८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र  कर प्रयाेजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार ३ प्रतिशत नगद लाभांशबापत सेयरधनीलाई ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ वितरण हुनेछ । त्यस्तै, बोनस सेयरतर्फ पनि चुक्ता पूँजीको ३ प्रतिशत बराबरको लाभांश प्रस्ताव गरिएको छ ।
यसैगरी, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश रकम ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ रहेको छ । अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षको अन्त्यमा कायम वितरणयोग्य मुनाफा तथा सेयर प्रिमियम खातामा उपलब्ध रकमबाट उक्त लाभांश वितरण गर्न लागेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T