कामाठडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशको सिस्टमका कारण समस्यमा परेका व्यापारी,व्यवसायीलाई पक्राउ नगर्ने बताएका छन् । आज निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री शाहले यस्तो बताएको उद्योगी समेत रहेकी सांसद विदूषी राणाले बताइन् ।
उनले वित्तीय कारणले मात्रै व्यवसायीमाथि धरपकड नगर्ने तर देश द्रोह नै गरेको छ भने मात्रै समाउने प्रधानमन्त्रीले बताएको जानकारी गराइन् ।
”कसैले गम्भीर बदमासी वा देशद्रोह नै गरेको छ भने त्यसलाई समात्नै पर्यो” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, ”तर, देशको सिस्टमले नै व्यापारी,व्यवसायीलाई गाह्रो भएको छ समात्ने होइन,वित्तीय जरिवाना तिराएर छोड्ने भन्नुभयो ।” उनले अब ढुक्क भएर उद्योगी, व्यवसायीले काम गर्न सक्ने भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्