Skip to content

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबारको सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँ रहेको थियो ।

चाँदी प्रतितोला ६० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T