Skip to content

निस्ट परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा साढे २२ लाख सहयोग

काठमाडौं । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट परिवारले २२ लाख ५० हजार ६०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ ।

बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निस्ट परिवारले विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, राहत वितरण तथा सुरक्षित पुनर्स्थापनाकाे कार्यलाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

विपदको कठिन घडीमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले नेसनल स्कुल अफ साइन्सेज लैनचौर, बनेपा निस्ट, भक्तपुर निस्ट, ललितपुर निस्ट, निस्ट हायर एजुकेसन, निस्ट फाउन्डेसनको तर्फबाट तथा निस्ट फाउन्डेसनका अध्यक्ष एवम् नेसनल स्कुल अफ साइन्सेजका संस्थापक प्राचार्यको व्यक्तिगत योगदानसमेत गरी उक्त प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

निस्ट परिवारले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्य, विभिन्न संघसंस्था तथा आम नागरिक सबै मिलेर सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T