Skip to content

सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

भदौ २८ गते बसेको कम्पनीको सन्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कर प्रयोजनका लागि कम्पनीले १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T