Skip to content

रामचन्द्र चन्दले जिते उत्कृष्ट लोक गायकको अवार्ड

काठमाडौं । गायक रामचन्द्र चन्दले ’तेस्रो नेसनल ओप्सना म्युजिक अवार्ड–२०२६’ मा उत्कृष्ट लोक गायक (दर्शकको रोजाइ) को अवार्ड जितेका छन्। उनले आफ्नो चर्चित गीत ’मायालु कै नाउँमा’ बाट यो सफलता हात पारेका हुन् ।

ओप्सना फिल्म्स प्रा.लि. को आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा चन्दलाई उक्त अवार्ड प्रदान गरिएको हो । गुल्मीको मदाने अग्लुङमा जन्मिएका रामचन्द्र चन्द नेपाली लोक संगीत क्षेत्रमा एक परिचित नाम हो । बुवा भिउसुन चन्द र आमा मिना कुमारी चन्दका छोरा रामचन्द्र स्थायी ठेगाना गुल्मीबाट हाल काठमाडौंको बानेश्वरमा बस्छन्। सांगीतिक क्षेत्रमा सक्रिय रहे पनि उनले आफ्नो शिक्षालाई उत्तिकै महत्व दिएका छन्। उनले समाजशास्त्र तथा मानवशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन्।

गायन क्षेत्रमा लामो समयदेखि लागिपरेका रामचन्द्रले दर्जनौं गीत बजारमा ल्याएका छन्। उनका प्रकाशित कृति तथा गीतहरूमा ’माया सारै छ’, ’चरि रुखमा’, ’मायालुकै नाउमा’, ’मनको शान्ति’, ’मौरी जस्तै’, ’भिरमा रुदै छु’, ’घाटी रेट्नलाइ’, ’तिन फुर्के डोरी हो’, ’मैना’, ’कैलाश पति शिवजी’, ’खोली निउरो’, ’सोरी पिलिज सोरी’, र ’दाइ लाहुरे भाइ लाहुरे’ जस्ता चर्चित गीत समावेश छन्।

यसैगरी उनले ’आइयो रोधिमा’, ’हैन ए हैन सानु हैन’, ’अब देखि एक्लै हुमला म’, ’बासुरीको धुन’, ’गुल्मेली सोरठि’, ’मेचि महाकाली’, ’माइति प्यारो (तिज)’, ’मखमली फुल्दा डालीमा’, ’आमा’, ’बिस्वास्त लाछैन’, ’खाली सिउदो भरम नभन’, ’तिम्रो साथ पाएत’, ’गुल्मीको शान’, ’आउन पाइन आमा’, ’निरमाया’, ’फुल्यो मखमली’, ’धोको फेरमला’, ’मुटु गाठो पर्छ’, ’बिनस्वादै’, ’लाहुरे आयो’, ’भुल्दै भुल्दै जानु’, ’लुकि लुकि भेट्न आएको’, ’यो मायाले’, ’यो लाहुरेले छुट्टि पाएन’, ’सहारा’, ’ब्रमा बिस्नु महेस्वर’, र ’गाउ तिर फर्किन्छु’ जस्ता थुप्रै गीतहरू गाएका छन्।

सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रामचन्द्रले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन्। उनले ’नुर गङ्गा स्थापित क्षत्रिय लुम्बिनी अञ्चल स्तरीय लोक गायन पुरस्कार’ पाएका छन्। त्यस्तै, ’विन्दवासिनी म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट लोक दोहोरी गायक र ’म्युजिक खबर म्युजिक अवार्ड २०८१’ मा सर्वोत्कृष्ट लोक गीत गायकको अवार्ड उनले जिते।

यसका साथै, उनले ’हिमालय इन्टरनेशनल अवार्ड २०७८’ मा सर्वोत्कृष्ट लोक दोहोरी गायक, ’तेस्रो राष्ट्रिय विशाल लुम्बिनी अवार्ड २०८०’ मा विशाल मुभिज वर्ष लोक गायक सम्मान पुरस्कार र एक्टिभ म्युजिक प्रालिको आयोजनामा भएको ’दसैं तिहार फेस्टिभल अवार्ड २०८०’ मा दशकौ गायकबाट सम्मान प्राप्त गरेका छन्।

नेपाली लोक गीत–संगीतलाई चिनाउन उनी सांगीतिक भ्रमणमा पनि उत्तिकै व्यस्त छन्। आफ्नो सांगीतिक प्रस्तुति दिन उनी बहराइन, कतार, कोरिया, जापान, हङकङ र युएई पुगेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima