Skip to content

श्रम विभाग मार्फत भदौ मसान्तसम्म २ करोड ८३ लाखभन्दा बढी पारिश्रमिक भुक्तानी

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तरगरतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भाद्र मसान्त सम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ पारिश्रमिक भुक्तानी गराएका छन् ।

भाद्र महिनामा दर्ता भएका उजुरी, मेलमिलाप तथा विभागको निर्देशनबाट १ करोड ४३ लाख १२ हजार ३८७ पैसा ५० बराबरको रोकिएको पारिश्रमिक भुक्तानी गराइएको छ ।

त्यसै गरी, श्रमिक र प्रतिष्ठानबिचको आपसी सहमतिबाट भाद्र महिनामा ५५ लाख ५७ हजार ७३५ को भुक्तानी फर्छ्यौट भएको छ। समीक्षा अवधिमा १४८ वटा व्यक्तिगत र ३ वटा सामूहिक दाबी उजुरी दर्ता भएका छन् भने ६३ वटा श्रम विवाद समाधान गरिएका छन् ।

श्रम कानुनको पालना सुनिश्चित गर्न विभाग तथा अन्तर्गतका श्रम कार्यालयहरूबाट भाद्र महिनामा २४८ वटा प्रतिष्ठानको श्रम निरीक्षण र २४४ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको छ । भाद्र मसान्तसम्म कुल ६१९ वटा प्रतिष्ठान निरीक्षण र ५९५ वटा बालश्रम निरीक्षण सम्पन्न भइसकेका छन् । सोही अवधिमा ३८६ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएका छन् ।

भाद्र महिनामा प्रतिष्ठान स्तरका ३ वटा नयाँ ट्रेड युनियन दर्ता र १८ वटाको नवीकरण गरिएको छ। साथै, श्रमिक आपूर्तिकर्ता (सप्लाई कम्पनी) इजाजत पत्रतर्फ ५ वटा नयाँ प्रदान र ४७ वटा नवीकरण गरिएको छ ।

अघिल्लो महिनामा १ वटा औद्योगिक दुर्घटना दर्ता भएको छ । विभागले सेवाग्राहीहरूलाई ‘पहिलो आउनेलाई पहिलो सेवा’ (फर्स्ट कम, फर्स्ट सर्भ) को आधारमा मर्यादित रूपमा सेवा प्रदान गरिरहेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima