काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार थप दुई शव फेला परेको हो ।
एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।










प्रतिक्रिया दिनुहोस्