काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ रहेको छ । आइतबार प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ रहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँ रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्