Skip to content

रास्वपाको सांसदभित्र आन्तरिक कलह, खनाललाई आशिकाको प्रश्न: ‘टुकटुके मोबाइल प्रयोगकर्ताले कहाँबाट इन्टरनेट पाउँछन् र ह्वाट्सएपमा प्रश्न गर्छन् ?’

nabil
global ime
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक असन्तुष्टि र मतभेद सतहमा देखिन थालेको छ । पार्टीकै सांसद आशिका तामाङले अर्का सांसद केपी खनालसँगको सम्पर्क प्रसङ्गलाई लिएर सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् ।
तामाङले एउटा जनसरोकारको विषयमा छलफल गर्न सांसद खनाललाई फोन गरेको तर उनको स्वकीय सचिवले फोन उठाएको र खनालसँग कुराकानी गर्न ह्वाट्सएपमा कल गर्न सुझाव दिएको बताएकी छन् ।
‘मा। केपी खनाल भाइलाई एउटा जनमुद्दा लिएर फोन गरेको थिएँ । उहाँको स्वकीयले फोन उठाउनुभयो । केपी खनाल भाइलाई फोन दिनुस् भन्दा ह्वाट्सएपमा कल गर्नुस्, ह्वाट्सएपबाहेक अरूमा कल उठाउनुहुन्न रे १ म त तीनछक्क परेँ,’ उनले लेखेकी छन् ।
उनले जनताबाट निर्वाचित सांसदसँग आफ्नो गुनासो राख्नसमेत इन्टरनेटको पहुँच अनिवार्य हुनुपर्ने अवस्था कस्तो हो भन्दै प्रश्न उठाएकी छन् । ‘एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न र कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक, जो टुकटुके मोबाइल चलाउनुहुन्छ, ती गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्नुहुन्छ रु’ उनले प्रश्न गरेकी छन् ।
तामाङको यो अभिव्यक्तिले जनप्रतिनिधि र सर्वसाधारण नागरिकबीचको सम्पर्क तथा पहुँचको विषयलाई मात्र नभई रास्वपाभित्रकै सांसदहरूबिचको संवाद र समन्वयको अवस्थाबारे पनि प्रश्न उठाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T