Skip to content

नबिल बैंकको सबैभन्दा ठूलो सेयरधनी आयरल्यान्डको एनबी इन्टरनेसनल, अन्यको कति छ स्वामित्व ?

काठमाडौं । नबिल बैंक लिमिटेडमा आयरल्यान्डको एनबी इन्टरनेसनल लिमिटेड सबैभन्दा ठूलो सेयरधनीका रूपमा रहेको छ । बैंकको सेयर संरचनासम्बन्धी उपलब्ध विवरणअनुसार एनबी इन्टरनेसनलको नाममा १० करोड ६७ लाख ६ हजार २४२ कित्ता सेयर रहेको छ । यो बैंकको कुल सेयरको ३९.४४ प्रतिशत हो ।
बैंकमा बङ्गलादेशको आईएफआईसी बैंक पीएलसीको ७.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ । उक्त बैंकको नाममा २ करोड १० लाख १७ हजार २६४ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको नाममा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता सेयर रहेको छ । यो बैंकको कुल सेयरको ७.६३ प्रतिशत हो । भारतको मुतुट फाइनान्स लिमिटेडको ११ लाख ९८ हजार ५३१ कित्ता सेयर अर्थात् ०.४४ प्रतिशत स्वामित्व रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको नाममा ७ लाख १२ हजार ३४० कित्ता सेयर रहेको छ, जुन कुल सेयरको ०.२६ प्रतिशत हो ।
यसैगरी, अन्य व्यक्ति तथा संस्थाहरूको नाममा ७८ लाख ४९ हजार ७८२ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ । यो २.९० प्रतिशत हो । अन्य व्यक्ति तथा संस्थाहरूतर्फ निर्वाण कुमार चौधरीको ०.७० प्रतिशत र वरुण चौधरीको ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
नियमित साधारण सेयरका अतिरिक्त बैंकले आफ्नो पुँजी संरचना बढाउनको लागि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी बराबरको ५ करोड कित्ता ‘अविमोच्य अपसञ्चिति अग्राधिकार सेयर’ (प्रिफरेन्स सेयर) समेत जारी गरेको गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima