काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्प र उपकरण बगाएको छ ।
चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित टाइम्स इनर्जी प्रालिले निर्माण गरेको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प र केही उपकरण बगाएको बताइएको छ ।
७० अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाको क्याम्प र उपकरण बगाएको हो । बाढीले पारेको क्षतिको यकिन विववरण भने आएको छैन ।
लेदो र गेग्रानसहित नदीमा ठूलो बाढी आएपछि गोरखाको आरुघाट गाउँपालिकामा जोखिम बढेको छ भने आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बगाएको छ ।









प्रतिक्रिया दिनुहोस्