Skip to content

बूढीगण्डकी बाढी: चार जलविद्युत् आयोजनामा क्षति, ४१२.०९ मेगावाट प्रभावित

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीका कारण ४१२.०९ मेगावाट क्षमताका आयोजनाहरू प्रभावित भएका छन्।

प्रारम्भिक विवरणअनुसार बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा पुलमा क्षति पुर्‍याएको छ।

बाढीबाट ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बगाएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको यस आयोजनामा बाढीले भौतिक क्षति पुर्‍याएको हो।

त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने आयोजनाको बेलिब्रिज बगाएको छ।

३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा समेत क्षति पुगेको छ। यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनामा बाढीले पूर्वाधारमा असर पारेको प्रारम्भिक विवरणमा उल्लेख छ।

यसैगरी, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाका निर्माण सामग्री तथा उपकरण बगाएको छ। आयोजनास्थल पुग्ने पहुँच सडक र पुलमा समेत क्षति पुगेको छ। उक्त आयोजना वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको छ।

बाढीका कारण आयोजनाहरूको निर्माण कार्य तथा पूर्वाधारमा परेको असरको विस्तृत विवरण आउन बाँकी छ। क्षतिको पूर्ण विवरण संकलन भएपछि पुनर्निर्माण तथा आयोजना सञ्चालनमा पर्ने प्रभावबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima