Skip to content

आज सेयर बेच्नेले दशैं अघि पैसा नपाउने, ११ दिन रोकिने

काठमाडौं । आज सेयर कारोबार गर्नेले खरिद/बिक्री गरेको सेयर बापतको पैसा वा सेयर तत्काल नपाउने भएका छन् । आज कारोबार गर्नेको कारोबार राफसाफ दशैं पनि मात्रै हुनेछ ।

नेपालको सेयर बजारमा हाल ;टी प्लस टू’ अनुसार कारोबारको राफसाफ हुने गरेको छ । आज सेयर बिक्री गर्नेको खातामा अबको ११ दिन पछि मात्रै पैसा आउने छ । सोही अनुसार सेयर किन्नेको पनि खातामा सेयर जाने छ ।

आज सेयर बेच्नेले अब दर्शै पनि मात्रै पैसा पाउने छन् । त्यो भनेको कात्तिक ९ गते मात्रै हो ।

दशैं अघिका लागि आज र भोली शुक्रबारसम्म मात्रै कारोबार हुनेछ । ३१ गते फूलपाती रहेको छ । कात्तिक ४ गते दशैंको टीका रहेको छ । अब दशैंपछि कात्तिक ९ गते सोमबार मात्रै सेयर कारोबार हुन्छ । सो दिन मात्रै अहिले कारोबार गर्नेले पैसा तथा सेयर पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima