Skip to content

एनपिएल-३: आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

nabil
global ime

काठमाडौं । तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्र्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ ।

यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन ।

यस सिजनको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, श्रीलङ्काका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima