काठमाडौं । आइतबार ह्वातै घटेको सुन–चाँदीको मूल्य सोमबार बढेकाे छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँ बढेको हो ।
आइतबार घटेको सुनको मूल्य सोमबार बढेको हो । आजको बजारमा सुनको मूल्य तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुन तोलाकै ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबारको बजारमा चाँदी तोलाको ३ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी तोलाको १ सय ७५ रुपैयाँ घटेर ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्