Skip to content

भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल आउँदै

nabil
global ime

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले बुधबार (नोभेम्बर ४ देखि ५ तारिख) सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी आपसी हितका विषयमा छलफल गर्नेछन् ।

भारत र नेपालबीच सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्यले उल्लेखनीय प्रगति हासिल गरेको छ ।

विदेश सचिव मिस्रीको आसन्न भ्रमणले दुई देशबीच नियमित रूपमा हुँदै आएका उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ । साथै, यस भ्रमणले भारत र नेपालबीचको समग्र द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T