काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने भएको छ ।
संस्थाले गत आर्थिक वर्षको सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
संस्थाले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १३ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्