Skip to content

गोली प्रहारबाट एक जना गम्भीर घाइते, अवस्था गम्भीर

nabil
global ime

काठमाडौं । गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला रौतहट, गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

गएराती सवा ९ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो । उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको छ।

घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका छन् ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T