Skip to content

कुकुर तिहारमा रिल बनाउनेलाई १ लाख पुरस्कार, पर्यटन बोर्डले ल्यायो विशेष प्रतियोगिता

nabil
global ime
काठमाडौं । नेपाली मौलिक संस्कृति र परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा बोर्डले यो डिजिटल अभियान सञ्चालनमा ल्याएको हो।
प्रतियोगितामा उत्कृष्ट र सिर्जनात्मक रिल (छोटो भिडियो) निर्माण गर्ने एक जना विजेतालाई नगद १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने पर्यटन बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परा झल्किने मौलिक भिडियो तयार गर्नुपर्नेछ।
भिडियोलाई अन्तर्राष्ट्रिय दर्शकले समेत बुझ्न सक्ने गरी अङ्ग्रेजी भाषामा, वा अङ्ग्रेजी सबटाइटल अथवा भ्वाइसओभरसहित प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। सहभागीहरूले तयार पारेको भिडियो आफ्ना फेसबुक वा इन्स्टाग्राम अकाउन्टमार्फत सार्वजनिक गर्नुपर्नेछ।
प्रतियोगिताका लागि भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ सम्म तोकिएको छ। डिजिटल माध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी नेपालको विशिष्ट परम्परालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा ब्राण्डिङ गर्न यो प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा बोर्डले लिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T