काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एसिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बैंकले आफ्नो चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई सेबोनले स्वीकृति दिएको हो ।
बैंकले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।
बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
यसअघि बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति प्राप्त गरिसकेको थियो । सेबोनको स्वीकृतिसँगै बैंकलाई हकप्रद सेयर निष्कासनको बाटो खुलेको छ ।









प्रतिक्रिया दिनुहोस्