Skip to content

आँखुखोला जलविद्युतलाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगकाे अनुमति

nabil
global ime
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि लगानी सम्झौता गरेका, लगानी गर्ने सैद्धान्तिक सहमति जनाएका तथा अन्य उपयुक्त जलविद्युत आयोजनाहरूमा लगानी गर्ने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
यसका लागि कम्पनीले विद्युत् नियमन आयोगसमक्ष पूर्वस्वीकृति लिन निवेदन दिने निर्णय गरेको छ । आयोगबाट अनुमति प्राप्त भएपछि हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव कम्पनीको आगामी साधारणसभामा स्वीकृतिका लागि पेश गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन भएमा कम्पनीले थप २ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्नेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T