काठमाडौं । वाणिज्य बैंकहरूको सेयरधनीको पूँजीमा प्रतिफल (आरओई) २.१० प्रतिशत विन्दुले बढेको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको ब्याज आम्दानीसँगै गैरब्याज आम्दानीमा सुधार आएको कारण आरओईमा सुधार आएको हो ।
चालु आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत आरओई ९.१३९ प्रतिशत पुगेको छ । गत आव सोही अवधिमा ७.०४३ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आउँदा सबैभन्दा धेरै आरओई भएको बैंक सानिमा बैंक रहेको छ । यस बैंकको आरओई १५.६० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासम्म ७.६८ प्रतिशत रहेको आरओई ७.९२ प्रतिशत बढेको हो ।
यसैगरी, आरओई सबैभन्दा धेरै भएको दोस्रो बैंक एभरेष्ट बैंक रहेकको छ । यस बैंकको आरओई १४.२८ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नबिल बैंकको आरओई १३.९९ प्रतिशत, ग्लोबल आइएमई बैंकको आरओई १३.२९ प्रतिशत, प्राइम कमर्सियल बैंकको १२.७१ प्रतिशत र एनएमबी बैंकको आरओई १२.४२ प्रतिशत रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको आरओई ११.७० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको आरओई ११.५९ प्रतिशत, नेपाल एसबीआई बैंकको आरओई ९.८८, माछापुच्छ«े बैंकको ९.६२ प्रतिशत र कुमारी बैंकको आरओई ९.५१ प्रतिशत रहेको छ ।
यसैगरी, नेपाल बैंकको आरओई ७.८० प्रतिशत र प्रभु बैंकको आरओई ७.२१ प्रतिशत रहेको छ ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओई ६.९५ प्रतिशत, हिमालयन बैंकको ६.४८ प्रतिशत र लक्ष्मीसनराईज बैंकको ५.५० प्रतिशत रहेको छ ।
यस अवधिसम्म सबैभन्दा कम आरओई भएका बैंकहरु एनआईसी एशिया बैंक १.९४ प्रतिशत, सिटिजन्स बैंक १.७२ प्रतिशत र कृषि विकास बैंक १.३१ प्रतिशत रहेका छन् ।











प्रतिक्रिया दिनुहोस्