Skip to content

साताकाे सेयर बजारः करिब ४ अंकले बढयो, कारोबार दैनिक ६ अर्ब

nabil bank

काठमाडौं । यस साता सेयर बजार मापक नेप्से परिसूचक कारोबारमा भएको पाँच दिन नै बढेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक ४ अंकले बढेको हो ।

बिहीबारसम्म नेप्से सूचक २६७६.०३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ रुपैयाँ बराबरमा कारोबार भएको छ । मंगलबारबाहेक सबै दिन कारोबार रकम छ अर्ब रुपैयाँभन्दा बढी रह्यो भने मंगलबारको कारोबार पाँच अर्ब रुपैयाँमा सीमित रह्यो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९.९२ अङ्कले बढेर २६००.२२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता सेयर छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ रुपैयाँमा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड ७.५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा प¥यो ।

त्यस्तै सोमबार नेप्से परिसूचक ५०.४४ अङ्कले उकालो लागेर २६५०.६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता सेयर छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ रुपैयाँमा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख ५१ हजार ५४६ रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड ४.४४ प्रतिशतले घट्यो ।

मंगलबार नेप्से ५.३२ अङ्कले बढेर २६५५.९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता सेयर पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार रुपैयामा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४१ प्रतिशतले उकालो लाग्यो ।

कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार २६ करोड ९९ लाख ९७ हजार ६४९ रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड ४.९६ प्रतिशतले घट्यो ।

त्यस्तै बुधबार नेप्से ९.६१ अङ्कले बढेर २६६५.६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता सेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ रुपैयाँमा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह ०.९९ प्रतिशतले वृद्धि भएको थियो ।

बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड ४३ लाख ४३ हजार २१५ रुपैयाँ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) ३.९४ प्रतिशतले घट्यो ।

साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १०.४३ अङ्कले बढेर २६७८.०३ विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता सेयर छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ रुपैयाँमा कारोबार भयो ।

सागर डिस्टिलरीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक १.४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime