Skip to content

पोखरा विमानस्थलमा भ्रष्टाचारः प्रतिव्यक्ति ८ अर्ब ३६ करोड विगो माग दाबी गर्दै ५५ जनाविरूद्ध मुद्दा दर्ता (पूर्णपाठ)

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ ।

अख्तियारले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सबै प्रतिवादीबाट बढाइएको लागत अनुमान बराबरकै ८ अर्ब ३६ करोड रुपैयाँ विगो माग गरेको छ ।

अख्तियारले पोखरा विमानस्थल निर्माण गर्दा अनियमिता गरेको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रीहरु रामकुमार श्रेष्ठ, तत्कालीन मन्त्री भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, अर्थ तत्कालीन अर्थ मन्त्री डा. रामशरण महतसहित ५५ जनालाई प्रतिवादी बनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima