Skip to content

स्वरोजगार लघुवित्तले गर्यो १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

संस्थाले घोषणा गरेको लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima