Skip to content

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन

nabil bank

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गरेको हो ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरेको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा पुस ११ गतेसम्म आवेदिन सकिने छ । उक्त अवधिमा आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime