Skip to content

सेयर बजार सामान्य बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा पुगेको छ। यसैगरी,सेन्सेटिभ इण्डेक्स १.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक बढेको छ।

सेयर बजार बढेको भएका पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको ७६ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ। यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

यस दिन एसवाई प्यानल नेपालको सेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशत बढेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi